उपप्रमुख खनालको कार्यकक्षमा आगलागि
  • विदुर न्युज

सुर्खेत ।
जिल्लामा बिजुलिको तार सर्ट हुँदा आगलागि भएको छ । वीरेन्द्रनगर नगरपालिकाको दोस्रो तलामा रहेको उपप्रमुख निलकण्ठ खनालको कार्यकक्षमा सोमवार विहान साढे तिन बजे विजुलीको तार सर्ट हुँदा आगलागि भएको हो । उक्त आगलागिबाट उपप्रमुख खनालको कार्यकक्षमा रहेका २ थान टेबल ३ थान कुर्सी, जलेर नष्ट भएको छ । त्यस्तै कार्यालयमै रहेको २ थान घुम्ने कुर्सी, ४ थान प्लाष्टिको कुर्सी , १ थान आइरन, कार्पेट, झ्यालको पर्दा, ढोका, पंखा, कागजपत्र लगायत अन्य सामानहरु जलेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
उक्त आगलागिबाट करीब अन्दाजी ३ लाख बराबरको क्षती छ । तर कुनै पनि मानवीय क्षति नभएको सुर्खेत प्रहरीले जनाएको छ ।
उक्त स्थानमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, नगरपालिकाका कर्मचारी र दमकलको सहायताले आगो विहान ठिक ४ बजे बजे पुर्णरुपमा नियन्त्रण भइसकेको थियो ।

  • २५ पुष २०७९, सोमबार १४:५९ प्रकाशित
  • सम्बन्धित