भारतमा नेपालीहरुद्वारा लेह नगर राज्य कमिटी गठन भएको छ। नेपालीका समस्या समाधान गर्न नेपालीहरुले छुट्टै संगठन बनाएका छन। भारतमा रोजगारिका लागि गएका नेपालीहरुलाई आइ पर्ने समस्याहरुको समाधानका लागि नेपालीहरु एकजुट भएर बसेका छन । आज निर्माण भएको नया कमिटिको अध्यक्षमा जगतराज पुन सर्व सहमत चयन भएका छन। त्यस्तै उपाध्यक्षमा मुन बहादुर,सचिवमा जीवन बि क,सह सचिवमा बल बहादुर र कोषाध्यक्षमा सपना वि चयन भएकी छिन । त्यस्तै सदस्यहरु राजु बिक,आङ्मो सेर्पा,राज कुमार बुढाथोकी ,मुकेश राई,गणेश पुन,नवीन कुमार ,टेक तिरुवा र हिमाल बिक गरि १३ जनाको कमिटी निर्माण भएको छ ।
कार्यक्रममा अध्यक्षले भरतमा रोजगारका लागि गएका सबै नेपालीहरुको समस्या समाधानका लागि आफू डटेर लागि पर्ने बताएका छन। उनलए कुनै पनि नेपालीलाई भरतमा समस्या परे आफ्नो कमिटिले समाधानको पहल चाल्ने बताएका छन। त्यस्तै अन्य सदस्यहरुले पनि आफ्नो जिम्मेवारी कुशलता पुर्वक निर्वाह गर्ने अध्यक्षलाई सहयोग गर्ने बताएका छन ।
कार्यक्रममा राज्य कमिटी अध्यक्ष नन्दे थापा मगर (बिज्य),लछ्मी पुन र राजु रोका लागाएत 9 जना अतिथिहरुको उपस्तिथि रहेको थियो । कार्यक्रमको सन्चालन बिनोद कुमारले गरेका थिए।