सामाजिक सञ्जालमा भाइरल सुस्माको जिम्मा सांसद सिंहले लिने
  • विदुर न्युज

जाजरकोट ।
पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल भएकी सुस्मा धर्ति मगरको जिम्मा कणार्ली प्रदेश सभा सदस्य बेदराज सिंहले लिने भएका छन् । चौँथो जाजरकोट महोत्सवबाट एकाएक भाइरल भएकी मगरको घरको आर्थिक अवस्था निकै नाजुग देखिए पछि सांसद सिंहले उनको उच्च शिक्षाको लागि आफूले खर्च गर्ने भएका हुन् । महोत्सवमा सूस्माले नाच्ने बेलामा आफू पनि अतिथिको रुपमा त्यही भएको र बहिनिको नाच देखेर आफू निकै प्रभावित भएको उनले टेलिभिजनको एक कार्यक्रममा अन्तरवार्ता लिदै गर्दा बताएका छन् ।
सुस्मा भाइरल भएपछि उनको अन्तरवार्ता लिन जाजरकोट,सुर्खेत र काठ्माण्डौ लगायत विभिन्न ठाँउबाट आएका थिए । त्यसपछि उनको पारिवारिक र आर्थिक अवस्थाको बारेमा थाहा भएको थियो । पत्रकारहरुले लिएको अन्तरवार्ताबाट सुस्माको बारेमा थाहा पाएका सांसद सिंहले त्यसपछि उनलाई सहयोग गर्नु पर्ने सोच आएको उक्त टेलिभिजन अन्तरवार्तामा बताएका छन् । सुस्मा आफूले जितेको निर्वाचन क्षेत्रकै भएका कारण पनि उनलाई सहयोग गर्न लागेको सिंहको भनाइ छ । सिंहले सुस्माको उच्च शिक्षासम्मको पढाइका लागि सहयोग गर्ने छन् र घरको आर्थिक अवस्थालाई सबल पार्न पनि मद्दत गर्ने सिंहले प्रतिबद्दता गरेका छन् ।

Open photo

यतिबेला भाइरल सुस्मा एक गितको सुटिङको लागि काठ्माण्डौ गएकी छिन् । टंक तिमिल्सिनाले स्टेजमा गाउदा नाचेर भाइरल भएकी सुस्मालाई टंकले नै आफ्नो एक नयाँ गितबाट सुस्मालाई डेव्यू गराउदै छन् । टंकले गाएको मेरी चम्पा नामक गितबाट सुस्माले मोडेलमा डेव्यु गर्दै छिन् ।

  • २४ पुष २०७९, आईतवार ०८:३० प्रकाशित
  • सम्बन्धित