जाजरकोटमा १४ प्रतिशतले सुन्तला उत्पादनमा बृद्दि
  • विदुर न्युज

जाजरकोट ।
जाजरकोटमा १४ प्रतिशतले सुन्तला उत्पादनमा बृद्दि भएको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाइ जाजरकोटका अनुसार जाजरकोटमा गत वर्ष भन्दा यस वर्ष १४ प्रतिशतले सुन्तला उत्पादनमा बृद्दि भएको हो । यस वर्ष सुन्तलाको लागि चाहिने अनुकुल वावतावरण भएको कारण सुन्तलाको उत्पादनमा बृद्दि भएको परियोजना इकाइ कार्यालय जाजरकोटका प्रमुख दिपेन्द्र पोख्रेलले बताए । दशैको बेला परेको पानीले सुन्तललाई निकै फाइदा पु¥याएको कार्यालय प्रमुख पोख्रेलको भनाइ छ । पोख्रेलका अनुसार गत वर्ष भन्दा यस वर्ष सुन्तला उत्पादनको क्षेत्रफल बढेको कारण पनि यसको उत्पादनमा बृद्दि भएको हो ।

गत वर्ष जाजरकोट जिल्ला भरि ५ सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तला रोपिएको थियो । त्यस्तै ५ हजार १ म्याक्ट्रिक टन बराबर सुन्तला उत्पादन भएको थियो । तर यस वर्ष सुन्तलाको उत्पादन बढेर ६ हजार ९५ म्याक्ट्रिक टन भएको छ । यो जिल्लाकै अहिलेसम्मकै बढि उत्पादन हो । यस वर्ष सुन्तला जोन क्षेत्र ५५ हेक्टर क्षेत्रफलले बृद्दि भएसंगै कुल ६ सय ५ हेक्टर क्षेत्रफलमा उत्पादन भएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाइ जाजरकोटका अनुसार यस वर्ष करिब ३० करोड बराबरको सुन्तला उत्पादन भएकोमा १९ करोड ५० लाख बराबर अर्थात ३९ सय म्याक्ट्रिक टन बिक्रीयोग्य थियो । जसमध्य अहिलेसम्म १७ करोड बराबरको बिक्री भइसकेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना कार्यान्वयन इकाइ जाजरकोटले बताएको छ । यस वर्ष पनि यस कार्यालयबाट ७१ लाख रुपैया सुन्तला जोन कार्यक्रमका लागि छुट्याइएको छ । जसमध्ये कुल बजेटको करिब ६० प्रतिशत सम्म खर्च हुने अनुमान गरिएको छ । हालसम्म यस कार्यालयमा १ सय ७५ वटा समूह सहकारी सूचिकृत भएका छन् । हालसम्म यस कार्यालयबाट सुन्तला उत्पादनकै लागि ३ करोड ८३ लाख जति खर्च भएको छ । आ.व.७५।७६ देखि जाजरकोटमा यस कार्यक्रम लागु गरिएको थियो ।

  • २१ पुष २०७९, बिहीबार २०:५२ प्रकाशित
  • सम्बन्धित