छेडागाडमा गर्भवती महिलाको  उद्दार
  • विदुर न्युज

जाजरकोट ।
जिल्लाको छेडागाड नगरपालिकामा एक गर्भवती महिलाको उद्दार गरिएको छ । नगरपालिकाको पहलमा वडा नं – ०१ साल्मा निवासी २७ बर्षिया बिजुली खड्काको हवाई उद्दार गरिएको हो ।

विहीबार विहान सुत्केरी वेथा लागेकी खड्कालाई करिब ७ बजे साल्मा स्वास्थ्य चौकी छेडागाड न.पा. २ स्थित बर्थिङ सेन्टरमा सुत्केरी सेवाको लागि पुर्याईएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि र बच्चाको अवस्थामा खतरा देखा परेपछि स्वास्थ्यचौकीले हवाई उद्दारका लागि नगरपालिकालाई चिठी पठाएको थियो ।

नगरपालिकाको पहलमा खड्काको उद्दार गरिएको छेडागाड नगरपालिकाले एक सुचना मार्फत जानकारी गराएको छ
। प्रदेश अस्पताल सुर्खेतमा अहिले उपचार भईरहेको छ ।

  • २१ पुष २०७९, बिहीबार १८:३३ प्रकाशित
  • सम्बन्धित