- जुम्ला ।
जुम्लाको सिंजा गाउपालिका नराकोटको स्वास्थ्य चौकिमा गर्भवती महिलाका लागि भिडियो एक्सरे (अल्ट्रा साउण्ड )परीक्षण स्थापना भएको छ।सिंजा गाउँपालिका जुम्लाले नराकोट स्वास्थ्य चौकीमै गर्भवती महिलाका लागि भिडियो एक्सरे अल्ट्रा साउण्ड परीक्षण स्थापना गरेको छ । यसले स्थानीय स्तरमै गर्भवती महिलालाई बच्चा उल्टोसुल्टो भएको पाठेघरमा बच्चा बसे नबसेको सवै परीक्षण गर्न सहज भएको सिंजा गाउँपालिका स्वास्थ्य शाखा संयोजक तलित रोकायाले बताए । उनले भने सिंजा क्षेत्रमा तीन वटा पालिकाको केन्द्रमा रहेको नराकोटमा भिडियो एक्सरे अल्ट्रा साउण्ड परीक्षण स्थापना गरिएको हो ।
अघिल्लो वर्ष कनकासुन्दरी गाउँपालिकाको हाँडसिंजा स्वास्थ्य चौकीमा पनि भिडियो एक्सरे अल्ट्रा साउण्ड परीक्षण राखिएको छ । अहिले हांडसिंजा स्वास्थ चौकिमा गर्भवती महिलाको अवस्था नियमित रुपमा परीक्षण गर्ने काम भईरहेको स्वास्थ्य चौकी इन्चार्ज वीरेन्द्र उपाध्यायले बताए ।
यस्तै सिंजा गाउँपालिकाले नराकोट स्वास्थ्य चौकीमा प्रयोगशाला (ल्याव) पनि स्थापना गरेको छ । प्रयोगशालामा आधुनिक एनालाइजर उपकरण जडान गरिएको स्वास्थ्य शाखा संयोजक रोकायाले बताए । उनले भने यसअघि यहाँका नागरिक प्रयोगशालाको सेवा लिनका लागि खलंगामा रहेको प्रतिष्ठानमा जाने गरेका थिए । अव सेवाग्राही यो समस्याबाट मुक्त भएका छन् । प्रयोगशालामा दिसा, पिसाव, खकार, कजेलो मृगौलाको एएनसी प्याकेज पनि परीक्षण हुन्छ ।
सिंजा क्षेत्रको नराकोटमा एकीकृत सेवा प्रणालीको व्यवस्थापन गरेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने नरोकोट स्वास्थ्य चौकीमा स्वास्थ्य तर्फ प्रयोगशाला र गर्भवति महिलाका लागि भिडियो एक्सरे अल्ट्रा साउण्ड परीक्षणको स्थापना र यसअघि आँखा उपचार केन्द्र स्थापना भईसकेको छ । नागरिकता पनि सिंजा नराकोटको इलाका प्रशासन कार्यालयबाटै वितरण हुने गरेको र अव निकट भविश्यमै मालपोत र नापी कार्यालय स्थापनाका लागि पहल भइरहेको घितालले बताएका छन।