जाजरकोट : लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको समिक्षा तथा समापन कार्यक्रम सम्पन्न भएको छ । आइतबार भेरी नगरपालिकाको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।
भेरी नगरपालिकाको आयोजना तथा अन्य साझेदार संस्थाको समन्वय र सहकार्यमा पालिकामा शनिबार देखि १६ दिने अभियान लैंगिक हिंसा अन्त्यको सुनिश्चितता,महिला र बालबालिकामा लगानिको प्रतिबद्धता भन्ने मुल नाराका साथ सन्चालन भइरहेको थियो । संयुक्त राष्ट्रसंघको महासभाले प्रत्यक वर्षको नोभेम्बर १५ तारिखलाई महिला हिंसा निर्मुलसम्बन्धी अन्तराष्ट्रिय दिवसको रुपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम नोभेम्बर १५ देखि डिसेम्बर १० सम्म विश्वभर लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सन्चालन हुदै आएको छ । त्यसै अनुसार भेरी नगरपालिकाले पनि यस अभियानलाई विभिन्न कार्यक्रमहरु गरेर मनाएको हो ।
यस अभियान अन्तर्गत पालिकाले मंसिर ९ गते भेरी नगरपालिका ३ थाप्लेमा,१० गते भेरी नगरपालिका १ रिम्नामा लैंगिक हिंसा,भुकम्प र मनोसामाजिक समस्या सम्बन्धी परामर्श एवं अन्तरक्रिया कार्यक्र गरिएको थियो । त्यस्तै मंसिर १२ गते भेरी नगरपावि.लका २ बाहुथान,मंसिर १५ गते रिम्नामा पालमुनि बसेका महिलालाई लक्षित गरि कार्यक्रम गरिएको थियो भने मंसिर २२ गते भेरी नगरपालिका ८ स्याउलीमा कार्यक्रम गरिएकोृ थियो । उक्त अभियानमा भुकम्पका कारण प्रभावित भइ पालमुनि बसिरहेका महिलाहरुलाई लक्षित गरि मनोपरामर्शको सेवा प्रदान गरिएको थियो ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको आज आइतबार अन्तिम दिन पालिकाको सभाहलमा संघिय सांसद मैना कार्कीको,भेरी नगरपालिकाका मेयर चन्द्र प्रकाश घर्ति,उपमेयर सिता जैसी,विभिन्न संघसंस्था प्रतिनिधि,नागरिक समाज लगायत अन्य सहभागिहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
पालिकालाई लैंगिक हिंसामुक्त बनाउन पालिका लागि रहेको मेयर घर्तिले बताएका छन् । १६ दिने अभियानका बेला मात्र होइन हरेक समय लैंगिक हिंसाका विषयमा छलफल तथा अन्तरक्रिया गर्नु पर्नेमा मेयर घर्तिले जोड दिएका छन् । पालिका पनि यसका लागि भिन्न दालको योजना बनाएर अघि बढ्ने मेयर घर्तिको दाबि छ । उक्त कार्यक्रमको संचालन भेरी नगरपालिका महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख विपना पौडेलले गरेकी थिइन ।