समाजसेवी खड्काले भुकम्प प्रभावित पत्रकारलाई गरे राहत वितरण
  • विदुर न्युज

जाजरकोट ।
समाजसेवी तथा नेकपा (एकिकृत ससाजवादी) जाजरकोटका अध्यक्ष कमान खड्काले जिल्लाका क्रियाशिल भुकम्प प्रभावित पत्रकारहरुलाई राहत हस्तान्तरण गरेका छन् । आइतबार भुकम्प प्रभावित पत्रकारहरुलाई एसको पार्टी कायालयमा बोलाएर खड्काले राहत हस्तान्तरण गरेका हुन् । विपदमा जोखिम मोलेर आम नागरिक माझ सुचना प्रवाह गर्ने पत्रकारलाई सम्मान गर्नु पर्छ भन्दै खड्काले राहत वितरण गरेका हुन् ।

कार्तिक १७ गते गएको भुकम्पका कारण जिल्लाका क्रियाशिल पत्रकारहरुलाई पनि प्रभावित पारेको थियो । समाचार सम्प्रेषन गर्ने सामग्री क्यामेरा,ल्याप्टप,रेकर्डर भुकम्पका कारण पुरिएका थिए । पत्रकारहरु पनि बास विहिन भएका थिए । अरुका पिडा सुनाउने पत्रकारहरुको पिडा भने अहिले सम्म कसैले सुनेका थिएनन् । हरेकका समस्या बुझ्ने खड्काले पत्रकारहरुका समस्या पनि बुझेर राहत वितरण गरेका हुन् । उनले जिल्लामा पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेका १० जना पत्रकारलाई ओड्नको लागि सिरक र खाना पकाउन चाहिने अन्य सामग्रीहरु वितरण गरेका हुन् ।

खड्काले पत्रकार सम्मेलन गरेर अहिले सम्म भुकम्प पिडितहरुका लागि आफुले गरेका कामको पनि जाजकारी गराएका थिए । उनले भुकम्प पिडितहरुका लागि व्यक्तिगत रुपमा मात्रै ६ लाख ८१ हजार ६ सय १५ रुपैया बराबरको सामग्री वितरण गरिसकेको पत्रकार सम्मेलनमा बताएका थिए । त्यस्तै जिल्लाका हरेक निकायहरु मिडिया मैत्री हुन पर्नेमा जोड दिएका थिए । पत्रकारहरुको समस्या बुझ्ने वातावरण स्थानीय सरकारले सिर्जना गर्नु पर्नेमा खड्काले जोड दिएका थिए । आफ्नो समस्यालाई सम्बोभन गरिदिएकोमा पत्रकारहरुले खड्कनलाई धन्यवाद दिएका थिए ।

खड्का निरन्तर राहत संकलनमा लागि रहेका छन् । आगामि दिनमा अति जोखिममा परेका बालबालिका,७० वर्ष माथिका वृद्धवृद्धा,एक महिला र आर्थिक रुपमा कमजोर भएका नागरिकहरुलाई लक्षित गरि राहत वितरण गर्ने खड्काले बताएका छन् ।

  • २४ मंसिर २०८०, आईतवार १०:५३ प्रकाशित
  • सम्बन्धित