भुपु इन्डियन सैनिकद्वारा भुकुम्प पिडितलाई राहत वितरण
  • विदुर न्युज

जाजरकोट ।

भुपु इन्डियन सैनिकहरुले जाजरकोटका भुकुम्प पिडितलाई राहत वितरण गरेका छन । सैनिकहरुले कार्तिक १७ गते भुकम्पमा परि प्रभावित भएका पिडितहरुलाई राहत वितरण गरेका हुन। जिल्ला विपद व्यवस्थापन समिती मार्फत सहायक  जिल्ला अधिकारी  हरिश्चन्द्र शर्मालाई सामग्री बुझाएका हुन।

सैनिकहरुले २ सय २५ जनालाई पुग्ने ५ लाख बराबरको खाद्यान्न र १० लाख बराबरको औषधि प्रजिक सुनारलाई बुझाएका हुन। विहिबार जिल्ला विपद व्यवस्थापन समितिको सचिवालय थाप्लेमा खाद्यान्न र जिल्ला अस्पताल जाजरकोटमा औषधि हस्तान्तरण गरेका हुन।

 

  • २४ कार्तिक २०८०, शुक्रबार ०९:०४ प्रकाशित
  • सम्बन्धित