जाजरकोट ।
जाजरकोटका भुकम्प पिडितलाई राहतमा त्रीपालको अभाव रहेको छ । घरमा बस्ने अवस्था नभएपछि मानिसहरु खुल्ला आकाशमूनि बस्न बाध्य छन् । त्रीपाल नभएपछि उनीहरु खुल्ला आकाशमूनि बस्न बाध्य भएका हुन् । पिडित समक्ष पर्याप्त मात्रामा राहत पुग्न सकेको छैन । कार्तिक १७ गते शुक्रबार राति गएको भुकम्पले जाजरकोटका कुनै घर पनि बस्न लायक छैनन् । कयौँ घरहरु पूर्ण रुपमा क्षति भएका छन् भने अरु केही पक्कि घरहरु बाहेक सबै घरहरु चर्केर बस्न लायक छैनन् । घरमा बस्ने अवस्था नभए पछि यतिबेला मानिसहरु खुल्ला आकासमुनि बस्न बाध्य छन् ।
आवश्कताको आधारमा पिडित समक्ष राहत पुग्न सकेको छैन । यतिबेला जाजरकोटका लागि विभिन्न ठाउबाट राहत संकलन भइरहेको छ । तर पिडितको आवश्यकतालाई मध्यनजर गरेर राहत संकलन हुन सकेको छैन । पिडितलाई सित छेक्नको लागि त्रीपालको आवश्यकता छ तर उसलाई सिरक दिइएको छ । डसना आवश्यकता भएकोलाई कपडा दिइएको छ । पिडितहरु त्रीपालका लागि हारगुहार गरिरहेका छन् ।
भेरी नगरपालिका १ कुण्डिकका टोपेन्द्र परियारको घर पुर्ण रुपमा क्षति भएको छ । उनको घरमा भएको सबै सामग्री भुकम्पले घर भत्काए पछि पुरिएको छ । तर उनले राहतको नाममा सानो पाल र एक बोहरा चामल बाहेक अरु पाउन सकेका छैनन् । उनले पाएको सानो त्रीपालले रातको सित छेक्न सक्दैन । राहत संकलन व्यवस्थित हुन नसक्दा पिडितले यस्तो समस्या भोग्न परेको पिडित परियारले बताएका छन् ।
भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तिले नगरपालिकामा त्रीपाल अभाव भएकोले सहयोगीदाताहरुलाई त्रीपाल सहयोग गर्न अनुरोध गरेका छन् । भेरी नगरपालिका भुकम्प प्रभावित क्षेत्रमा पहिलो नम्बर पर्छ । पिडितका लागि आवश्यक राहत उपलब्ध गराउन नसक्दा पिडितहरुले समस्या भोग्न परेको छ । पालिका बासीहरु यतिबेला त्रीपालको अभावले पिडामा छन् । पिडितहरुलाई त्रीपालको अभाव भएकाले सहयोग गर्नेहरुले त्रीपाल सहयोग गरिदिन मेयर घर्तिले अनुरोध गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा पनि ५ हजार त्रीपाल आवश्यक भनेर स्ट्याटस लेखेका छन् ।