जाजरकोटलाई केन्द्रविन्दु पारेर ५.६ रेक्टरको भुकम्प ः ठुलै क्षतिको
  • विदुर न्युज

जाजरकोट ।

जाजरकोटलाई केन्द्रविन्दु पारेर ५.६ रेक्टरको भुकम्प गएको छ । शुक्रबार राति करिब ११ ः ४७ बजे भुकम्प गएको हो । भुकम्पका कारण ठुलो क्षति पुगेको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार जिल्ला सदरमुकामका अधिकांस घरहरु भत्केका छन् । मानवीय क्षति पुगेको हुन सक्ने प्रहरीले बताएको छ । बिस्तृत खबर आउन बाकी नै छ । घरमा पुरिएकाहरुको उद्धारमा प्रहरी खटिसकेको छ । मानिसहरु फेरी भुकम्प आउने त्रासले बाहिरै बस्न बाध्य भएका छन् ।

  • १८ कार्तिक २०८०, शनिबार ०१:०२ प्रकाशित
  • सम्बन्धित