जिल्ला प्रशासन कार्यालय जाजरकोटले बृहत सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने
  • भिम खड्का

जाजरकोट ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटले बृहत सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ । कार्यालयले यही असोज १७ गतेका दिन भेरी नगरपालिका ४ गैरीखाली स्थित पृथ्वी चोकमा बृहत सार्वजनि सुनुवाइ कार्यक्रम गर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटको आयोजनमा २०८० भाद्र ८ गते बसेको बैठकले जिल्ला स्थित सबै सरकारी तथा सार्वजनिक निकाय र भेरी नगरपालिका समेत उपस्थित हुने गरी सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने निर्णय गरेको थियो । त्यसै अनुरुप प्रशासनले सो कार्यक्रम गर्ने भएको हो ।

उक्त कार्यक्रममा जिल्ला प्रशासनले गरेका सार्वजनिक सेवा प्रवाहका विषय प्रस्तुत गर्ने तयारी गरेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए । सुनार प्रमुख जिल्ला अधिकारी भइ जिल्लामा आए यता धेरै सुधारका काम गरेका छन् । विशेष गरी सुशासन र सार्वजनिक सेवा प्रवाहको सवालमा प्रजिअ सुनारले परिवर्तन ल्याउन खोजेका छन् । प्रजिअ सुनारकै पहलमा पश्चिम जाजरकोटका जनतालाई लक्षित गरी छेडागाड नगरपालिकालाई सेन्टर बनाइ इलाका प्रशासन कार्यालय निमार्ण हुने भएको छ ।

आफू जिल्ला वासी भएकै कारण पनि आफ्नो पालामा जिल्लामा केही नया गर्ने सोच बनाएको प्रजिअ सुनारले बताए । त्यसै अनुरुप जिल्ला प्रशासन कार्यालय सेवाग्राही प्रति जिम्मेवार र जवाफदेही हुन पर्छ भन्ने उदेश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न लागेको प्रजिह सुनारको भनाइ छ । आगामी दिन यो कार्यक्रमलाई निरन्तरता दिने पनि बताइएको छ ।

  • ११ आश्विन २०८०, बिहीबार २०:५३ प्रकाशित
  • सम्बन्धित