आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोट आफ्नै भवनमा
  • भिम खड्का

 

जाजरकोट ।
आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटले नया भवनबाट सेवा दिने भएको छ । विगत ५० वर्ष देखि भाडाकै घरबाट सेवा दिदै आएको आयुर्वेद स्वास्थ्य केन्द्रले आफ्नै भवनबाट सेवा दिने भएको हो ।

हाल आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटले भाडाकै भवनबाट सेवा प्रवाह गरिरहेको छ । जिल्ला सदरमुकाम खलंगामा निर्माण भएको भवन भाडामा बस्नेहरुका लागि बनाइएको छ । स्वास्थ्यको मापदण्ड विपरित भवनबाट सेवा प्रवाह गर्न निकै कठिन भएको आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका कार्यालय प्रमुख देबेन्द्र ठाकुर बताउछन् । भवनको अभावले कार्यालयमा कार्यरत कर्मचारीहरु पनि एकै ठाउमा बस्ने अवस्था छैन । जसका कारण सेवा प्रवाह चुस्त बनाउन कठिन भएको प्रमुख ठाकुरको भनाइ छ । कार्यालयको आफ्नै भवनबाट सेवा दिन पाए सेवा प्रवाह गर्न सजिलो हुने प्रमुख ठाकुरको भनाइ छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको भवन भेरी नगरपालिका १० भुचौरमा निर्माण हुने भएको छ । भुचौरमा १५ सैयाको अस्पताल भवन निर्माण हुने भएको हो । भवन निर्माणका लागि १० रोपनी जग्गा केन्द्रको नाम लिइएको छ । ३ं० करोड अनुमानित लागतमा निर्मांण हुन लागेको भवन अहिले टेन्डर प्रक्रियामा छ । संघिय पुर्वाधार कार्यालय सुर्खेतले भवन निर्माणका लागि टेन्डर प्रक्रिया अघि सारेको प्रमुख ठाकुरले जानकारी दिए । टेन्डर प्रक्रिया सकिने बित्तिकै तत्काल भवन निर्माणको कार्य अघि बढ्ने बताइएको छ ।

  • ६ आश्विन २०८०, शनिबार २१:४९ प्रकाशित
  • सम्बन्धित