अबको दुई वर्षमा जाजरकोटका सबै समस्याको हल गर्छौःमन्त्री बस्नेत
  • भिम खड्का

जाजरकोट ।

अबको दुई वर्षमा जाजरकोटका सबै समस्याको हल गर्ने नेपाल सरकारका उर्जा जलश्रोत सिचाइ मन्त्री शक्ति बस्नेतले बताएका छन् । आइतबार जाजरकोट जिल्लाका पत्रकारहरुसंग पत्रकार सम्मलेन गर्दै मन्त्रीले यसो भनेका हुन् ।

पत्रकार सम्मेलनमा पत्रकारहरुले जिल्लाका समस्याको बारेमा मन्त्री बस्नेतलाई प्रश्न गरेका थिए । मन्त्री बस्नेतले पत्रकारहरुको प्रश्नको सजिलो तरिकाले जवाफ दिदै जिल्लामा भएका हरेक समस्याको समाधान हुने बताएका हुन् ।

पत्रकार सम्मेलनमा पत्रकार सरोज वलीले खलंगा पाँचकाटिया सडक खण्डले बारम्बार जनतालाई सास्ति दिएकोले “मन्त्री ज्यू यसको समाधान कहिले हुन्छ” भनि प्रश्न गरेका थिए । मन्त्री बस्नेतले पत्रकार वलीको प्रश्नमा जवाफ दिदै यसको दिर्घकालिन समाधान खोजिने तर तत्कालका लागि सोही सडकलाई नै कालो पत्रेको लागि पहल चालिने बताए । विधुत आपूर्तिको प्रश्नमा पनि जाजरकोट जिल्लालाई नै उज्यालो बनाउनको लागि तीन करोडको सम्झौता भएको र तत्काल जिल्ला भर विधुत आपूर्ति गरिने बताए ।
त्यस्तै पत्रकार प्रेम विश्वकर्माले “कुदु र भुचौरका मानिसले कहिले पानी खाना पाउछन् ?” भनि प्रश्न गरेका थिए । त्यसमा जवाफ दिदै मन्त्री बस्नेतले भनेका थिए,“अब त्यहाका बासिन्दाले धेरै समय यस समस्यामा अल्झेर बस्नु पर्ने छैन । त्यहाका मानिसले छिट्टै नै पानी खाना पाउने छन् ।” मन्त्रीले अबको समयमा जिल्लामा कायापलट नै हुने बताए । जिल्लाको समग्र विकासको क्षेत्रमा नयाँ क्रान्तिको सुरुवात भइसकेकोले यस तर्फ हरेक जिल्लावासीहरु लाग्न पनि मन्त्री बस्नेतले आह्वान गरेका छन् ।

माओवादीले पार्टी बलियो बनाउनका लागि पार्टीको विशेष रुपाण्तरण अभियान ‘घर घरमा माओवादी कार्यक्रम’ तीन महिने अभियान सन्चालन गरेको छ । उक्त अभियानको उद्घाटन गर्न मन्त्री बस्नेत गृह जिल्लामा आएका हुन । मन्त्रीले भाद्र १६ गते आफ्नो वडा वडा नं १ मा अभियानको उद्घाटन गरेका थिए । आइतबार बिहान जिल्ला अस्पतालमा अनुगमन गरेका थिए । त्यस पछि जिल्लाका विषयगत कार्यालयहरुसंग छलफल गरेका थिए भने बिहान ११ बजे पत्रकार सम्मेलनमा सहभागि भएका थिए ।

  • १७ भाद्र २०८०, आईतवार २२:०९ प्रकाशित
  • सम्बन्धित