चट्याङ लागेर बारेकोटकी सिंहको मृत्यु
  • विदुर न्युज

जाजरकोट ।

जिल्लाको बारेकोट गाउँपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

बारेकोट गाउँपालिका वडा ५ तोल्खानकी अन्दाजी ३२ बर्षिय रेवती सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ।

आइतबार दिउँसो तीन बजेतिर चट्याङ परेको थियो ।
सिंह गोठाला गएको बेला चट्याङ परेर मृत्यु भएको हो ।

  • १७ भाद्र २०८०, आईतवार १७:४० प्रकाशित
  • सम्बन्धित