जाजरकोट ।
शनिबार दिउँसो भेरी नगरपालिका–७ पुन्माका अन्दाजी ४७ वर्षीय नरु बहादुर चन्द नदीमा खसेर बेपत्ता भएका छन। भारतबाट घर फर्केका चन्द शौच गर्न रोडको डिलमा गएको बेला खसेर बेपत्ता भएका हुन।
चन्द शिवालय गाउँपालिका–१ छेडाचौरबट पैदल यात्रा गरेर घरतर्फ जाँदै थिए। जाने क्रममा छेडागाड नगरपालिका–१३ गारातारा स्थित सड्कको छेउमा शौच गर्ने क्रममा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
बेपत्ता चन्दको खोजी कार्य निरन्तररुपमा भइरहेको छ । निरन्तर भएको वर्षातका कारण नदीमा पानीको बहाव बढ्दै गएकाले खोजी कार्यमा केही समस्या भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिए । उनले खोजी कार्यका लागि सुर्खेतका प्रहरीलाई समेत खबर गरिएको जानकारी दिए ।