मनोनयन दर्ताको दिन एमाले बनेका वडाअध्यक्ष काङ्ग्रेसमा प्रवेश
  • विदुर न्युज

जाजरकोट ।
जाजरकोट जिल्लाको भेरी नगरपालिका १० का वडा अध्यक्ष दलबहादुर राना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन।

गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसबाट रुष्ट भएका राना मनोनयन दर्ताको दिन एमाले प्रवेश गरेर वडा अध्यक्षको टिकट पाएका थिए। एमालेबाट निर्वाचित भएका राना फेरि पुरानै पार्टी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन।

शुक्रबार नेपाली काङ्ग्रेस पार्टी कार्यालय जाजरकोटमा नेपाली काङ्ग्रेसका नेता एवम कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले रानालाई पार्टीमा स्वागत गरेका हुन।

  • २६ श्रावण २०८०, शुक्रबार १७:०८ प्रकाशित
  • सम्बन्धित