जाजरकोट ।
जाजरकोटमा पहिलो पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मालिका सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र जाजरकोटको आयोजना र अन्य संस्थाहरुको सहकार्यमा जिल्ला अस्पताल जाजरकोटमा पहिलो पटक रक्तदान कार्यक्रम गरिएको हो । “रक्तदान जीवन दान,जीवन रक्षा हाम्रो अभियान” भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय मित्रता दिवसको अवसर पारि जिल्लामा पहिलो रक्तदान कार्यक्रम भएको हो ।
जिल्लामा रगत संकलन गर्न उचित ल्यावको व्यवस्था नभएका कारण यस अगि रक्तदान कार्यक्रमहरु भएका थिएनन् । जसले गर्दा आवश्यक परेको खण्डमा सहजै रगत पाइदैन थियो । उक्त समस्यालाई समाधान गर्नको लागि जिल्लामा पहिलो पटक रक्तदान कार्यक्रम राखिएको हो । यस कार्यक्रमले अरुलाई पनि रक्तदान गर्न प्रेरित गर्ने आयोजकका पदाधिकारी कमल बुढाथोकीले बताए ।
जिल्लामा रगत संकलन केन्द्र नभएकाले संकलन भएको रगत मिसन अस्पताल पश्चिम रुकुम चौरजहारीमा राखिने छ । आवश्यक परेको बेला जाजरकोट जिल्लामा पनि उक्त रगत उपलब्ध गराइने छ ।