विषालु च्याउ खाएर बारेकोटका १८ वर्षे युवकको मृत्यु,आमा गम्भीर
  • विदुर न्युज

जाजरकोट ।
जाजरकोटको बारेकोट गाउपालिका ४ का एक युवकको विषालु च्याउ खाएर ज्यान गएको छ। बारेकोट ४ सार्किगाउका तुले सार्किको विषालु च्याउ खाएका कारण मृत्यु भएको हो। उनकी आमा अन्दाजी ४५ वर्षकी दिल्ली सार्की गम्भीर विरामि भएकी छिन।

बिहिवार बिहान भैंसीको हेरचाह गर्न बाबू आमा र छोरा गएका थिए। भैंसी दुनो भएको कारण दूध ल्याउन सार्किको सपरिवार गएको हो । जाने क्रममा उनिहरुले च्याउ भेटाएका थिए। त्यतिबेला च्याउ विषालु हो होइन उनिहरुलाई थाहा भएन। बुबाले नखाउ भने पछि सुरुमा च्याउ नखाने निधो भयो।

बुवा भैंसी दुन गोठमा गएको बेला आमा र छोराले चुलोमा पोलेर अचार बनाएर च्याउ खाए। विषालु च्याउ भएको कारण केही बेर पछि च्याउ लाग्न थाल्यो। तर नजिक उपचारको लागि अस्पताल नभएकोले उपचारका लागि स्वास्थ चौकी ल्याउने क्रममा छोराको बाटोमै मृत्यु भयो ।

आमालाई थप उपचारका लागि बारेकोट अस्पताल लिम्सामा ल्याइदै छ भने मृतक छोराको पोस्टमार्टमको लागि दल्ली ल्याउने तयारी भइरहेको बारेकोट ४ का वडा अध्यक्ष विष्णु रावतले बताए।

  • १९ श्रावण २०८०, शुक्रबार ०९:०३ प्रकाशित
  • सम्बन्धित