लम्पी स्किन रोग नियन्त्रण गर्न आग्रह गर्दै सरकारलाई ज्ञापन पत्र
  • विदुर न्युज

जाजरकोट ।
नेपाल पाराभेटेरिनरी एण्ड लाईभष्टक एशोसिएशन जिल्ला कार्य समिति जाजरकोटले लम्पी स्किन रोग नियन्त्रण गर्न आग्रह गर्दै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय जाजरकोट मार्फत एशोसिएशनले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदलाई ध्यानाकार्सन गराउन ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा ६ वटा मागहरु राखिएको छ । मागमा यस माहामारीलाई संकटकाल घोषणा गनू पर्ने,यसलाई रोक्न पर्याप्त औषधी तथा खोपको व्यवस्था गर्नु पर्ने लगायतका मागहरु छन् ।
मागहरु सहितः

No description available.

देशभर लम्पी स्किन रोगका कारण करिब ११ लाख पशुहरु संक्रमित छन् भने ५० हजार भन्दा बढि पशुहरुको मृत्यु भइसकेको छ । संक्रमन हुने पशुहरुको संख्या दिनानु दिन बढि रहेको छ । जसको कारण दुध उत्पादनमा ८० प्रतिशत कमि आउने,गर्भ तुइने,पशु प्रजननमा समूया आउने पशुको मृत्यु हुने समस्या देखा पर्दै छन् । यसले गर्दा किशानहरुले मार भोग्नु पर्ने र निकतम भविष्यमा देशले आर्थिक संकट भोग्नु पर्ने अवस्था आउन सक्छ । लम्पी स्किन रोगलाई बेलैमा नियन्त्रण नगरे माहामारीको रुपमा फैलिने अवस्था आउने एशोसिएशनका जिल्ला सचिव दिप बहादुर भारतिले बताए ।

एशोसिएशनले आज देशभरबाट ज्ञापन पत्र बुझाएको छ ।

No description available.

  • १४ श्रावण २०८०, आईतवार २१:२८ प्रकाशित
  • सम्बन्धित