सुर्खेत ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को धर्मपत्नी सीता दाहालको पार्थिव शरिरमा श्रद्धा प्रकट गर्ने क्रममा सांसद तिसिमा कार्किले दिएको अभिव्यक्तिको चर्को आलोचना भए पछि सांसद कार्किले माफी मागेकी छिन। उनले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत सीता दाहाललाई श्रद्धाञ्जली अर्पन गर्दै आफुले दिएको अभिव्यक्ति प्रती माफी मागेकी हुन। उनले मिडियामा प्रचण्डले आफ्नो परिवार र श्रीमतीलाई समय नदिएले सीता दाहालको मृत्यु भएको भन्ने आशय बोकेको कुरा भनेकी थिइन । उनको यहि कुराको चौतर्फी आलोचना भएपछि माफी मागेकी हुन। उनले आफ्नो सामाजिक सन्जालमा यस्तो लेख्छिन।
“सम्माननीय प्रधानमन्त्रीज्यु की धर्मपत्नी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार आदरणिय आमा सीता दाहालको असमायिकन निधनले समग्र देश वासीलाई मर्माहित तुल्याएको छ| जिवन भर संघर्ष त्याग योगदान गरी आफ्नो श्रीमान तथा समग्र पार्टीकै खम्बा बनेर निरन्तर यो व्यवस्थाको लागी दिनुभएको योगदान लाई ईतिहासले सम्झनुपर्छ| उहाँले आफ्नो जीवनभर विना स्वार्थ विना कुनै पद र सम्मानको लोभ, गर्नुभएको योगदान प्रति नतमस्तक छौँ| सम्मानीत उहाँ प्रति हार्दिक श्रद्दान्जली अरपण गर्दै प्रधसनमन्त्रीज्यु र समग्र परिवर विचलित नभई यो दुखद धडिको सामना गर्न शक्ति मिलोस् भनि कामना गर्न चाहन्छु|
(म स्वयम्ले पेरिस डाँडामा राखिएको उहाँको सम्मानीत पार्थीव शरिरमा फूल र श्रद्दा अर्पण गरेपछी केहि मिडिया कर्मी साथीहरुले लिनुभएको बाईटलाई तोड मोड गरी राखिएकोमा, पुरा भिडियो सुन्नुहुन आग्रह गर्न चाहन्छु| साथै तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु|)”