नेकपा जाजरकोटको नेतृत्वमा वृक्षरोपण कार्यक्रम सम्पन्न
  • विदुर न्युज

जाजरकोट ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोटको नेतृत्व वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ। भेरी नगरपालिका ८ को मष्टा आधारभूत विद्यालयमा शुक्रबार आज नेकपा जाजरकोटले वृक्षरोपण गरेको हो ।

विद्यालयको पर्यावरणलाई सुन्दर राख्न जलवायु परिवर्तनलाई अनुकुल बनाउन यो कार्य गरेको नेकपा जिल्ला सेक्रेटरी बिराजन सिले जानकारी दिएका छन। यो सुरुवात रहेको र आगामी दिनमा यसलाई निरंतरता दिने सेक्रेटरी सिले बताए ।

वृक्षरोपण कार्यक्रममा वडा नं ८ का वडा अध्यक्ष वीर बहादुर चन्द,नेकपा जिल्ला इन्चार्ज सुर्यकिरण सि लगायत पार्टीका जिल्ला पदाधिकारी र स्थानीयहरुको उपस्थिति रहेको थियो।

 

  • २२ असार २०८०, शुक्रबार २१:२० प्रकाशित
  • सम्बन्धित