जाजरकोट ।
७५३ स्थानीय तहका जनप्रतिनिधि मध्य धेरै जनाले आफ्नो पार्टि र कार्यकर्तालाई प्राथमिकतामा राखेर काम गर्छन। कुनै ठेक्का पट्टाको काम होस वा उपभोक्ता गठन गर्ने सवाल होस आफ्नो पार्टिका कार्यकर्तालाई प्राथमिकतामा राखेर काम गर्छन । सेवाग्राहीको सेवामा भने खासै चासो दिदैनन । तर धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले भने जनतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्छ्न। उनले कसैलाई काखा र कसैलाई पाखा लगाएर काम गर्दैनन। हमालले हरेक काममा जनताले बढी भन्दा बढी लाभ कसरी लिन सक्छ्न भन्ने कुरालाई ध्यान दिएर काम गर्छन।
भर्खरै मात्र उनले सेवाग्राहीलाई सजिलो हुन्छ भनेर पालिकामा ए सि सहितको प्रतिक्षालय बनाइदिएका छन् । सेवा लिन आएका सेवाग्राहिलाई अप्ठ्यारो नहोस भनेर उनले एसि सहितको प्रतिक्षालय निर्माण गरेका हुन। अझ गजबको कुरा त के छ भने प्रतिक्षालयमा कम्प्युटर जस्तो हातले छुने (TouchScreen) सिस्टम राखिएको छ। जसबाट त्यहा आएका सेवाग्राहीले आफ्नो कामको जानकारी र कर्मचारीको समय लिन सक्छन । यो नेपालमै पालिकामा राखिएको पहिलो प्रविधि मानिएको छ। मेयर हमालको यस कदमलाई धेरै मानिसले नौलो र आवश्यक रहेको भन्दै उनको प्रशंसा गरिरएका छन। उनको यस कदमको सामाजिक सन्जालमा व्यापक चर्चा भइरहेको छ।