काठमाडौं।
संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेको छ ।
प्रधानमन्त्री प्रचण्डले गत सोमबार काठमाडौंमा पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिले देशको शिर निहुराएको भन्दै एमालेले राजीनामा माग गरेको हो । प्रधानमन्त्री प्रचण्डले सोमबार एक कार्यक्रममा आफुलाई प्रधानमन्त्री बनाउन सरदार भारत धाएको भनी सार्वजनिक रुपमा भनेका थिए । यसै अभिव्यक्तिलाई लिएर एमालेले प्रचण्डको राजिनामा मागेको हो।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले स्थायी कमिटी सदस्य तथा सांसद रघुजी पन्तले प्रधानमन्त्रीको अभिवयक्तिप्रति आपत्ति जनाउँदै राजीनामा मागेको हुन् । उनले प्रधानमन्त्रीको राजीनामा नआए सदन चल्न नदिने चेतावनी समेत दिएका छन् ।