कबिता: म किसान
  • हिमाली पाण्डे

मिरमिरे बिहानमा काधमा हलो, जुवा बोकेर हिन्दछु
आउदैन मलाई झुठको खेती, बालिनाली मात्रै चिन्दछु ।।

सुन्दैन कसैले मेरो गाथा, घामपानी साथी बनेर
मिठो निन्द्राले रात बित्छ , दिनभरी खेत खनेर ।।

१२ महिनाको श्रमले पुग्दैन , ६ महिना मिठो खानलाई
६ महिना घरबारी भनेपनि , बाध्य छु कालापहाड जानलाई ।।

झयाउकिरिको आवाजले लागि, जुनकीरी ले फर्काउछ
पापको खेती होइन तर, मिटरब्याज जोड्छु भनी थर्काउछ।।

मानो रोपि मुरि उत्पादन गर्ने, कृषक म बनेर
खुसी बनाइ परिवार पाल्दछु, धुलो माटो खनेर ।।

श्रमको मुल्य गर्न नसक्ने समाजमा ,कृषक भएर गर्ब गर्दछु
सुन, हिरा, चादीको घमण्ड गर्नेको , अन्नले मुख भर्दछु ।।

धुलो, माटो, कुटो , कोदालि गरि, खेती किसानि गर्नेछु
पापको खेतिले बाच्नु भन्दा , उधमी कृषक बनेर मर्नेछु ।।

 

लेखक :कानुनकि विद्यार्थी हुन।

  • १५ असार २०८०, शुक्रबार २१:४१ प्रकाशित
  • सम्बन्धित