को हुन ललिता निवास प्रकरणमा पक्राउ पर्ने गुरुङ ?
  • विदुर न्युज

काठमाडौं ।
ललिता निवास प्रकरणमा आरोपित मिनबहादुर गुरुङ पक्राउ परेका छन । गुरुङ भाटभटेनी सुपरमार्केटका सञ्चालक हुन । बालुवाटार जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई पक्राउ गरेको हो ।

ललिता निवास प्रकरणका मुख्य योजनाकारको आरोप लागेका गुरुङ मंगलबार आफ्नै निवासबाट पक्राउ परेका हुन् ।

ललिता निवासको २ सय ९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना गरेको प्रकरणमा गुरुङ विगतदेखि नै विवादित रहेका थिए । नेपाल प्रहरीको फरारको सूचीमा रहेक गुरुङ पक्राउ परेसँगै उक्त प्रकरणमा मुछिएका अन्य पनि पक्राउ पर्ने सम्भावना बढेर गएको छ

  • १२ असार २०८०, मंगलवार १४:३० प्रकाशित
  • सम्बन्धित