भोलीदेखि सुर्खेत उपत्यकामा नगर बस सञ्चाल हुने
  • विदुर न्युज

सुर्खेत ।

वीरेन्द्रनगरबासीलाई सहुलियत र सहज रुपमा यातायात सेवा प्रदान गर्न नगर बस सञ्चालन गर्न लागिएको छ । अटो रिक्साले मनलाग्दी भाडा अशुल्ने गरेको जन गुनासो बढेपछि यातायात व्यवसायीहरुले फोर्स गाडीबाट सेवा प्रदान गर्न लागेका हुन् ।

भोली (शुक्रबार) विहान ७ बजेदेखि सेवा सञ्चालन गर्न लागिएको सुर्खेत काँक्रेविहार यातायात प्रा.लि.का अध्यक्ष रमेश सापकोटाले नेपालकर्मलाई जानकारी दिए । उनले पहिलो चरणमा १० ओटा फोर्स गाडीबाट सेवा आरम्भ गर्न लागिएको बताए ।

‘शुरुवातमा धुलियाबाटदेखि बाँगेशीमलसम्म यो सेवा प्रदान गर्नेछौं,’ सापकोटाले भने, ‘तर फोरलेन सडकको मुलपानीबाट अनिवार्य प्रदेश अस्पतालसम्म पुगेर यात्रु झार्ने र पुनः कुमाईचोक निस्केर बाँगेशीलसम्म चल्ने रुट बनाइएर गाडी सञ्चालन गरिनेछ ।’

केही दिन फारेलेन सडकमा गाडीहरु सञ्चालनपछि विस्तारै मंगलगढी–गणेशचोक, घण्टाघर–कपासेहुँदै कालुचौक भएर नेवारे–पिपिरासम्म गाडीहरुबाट सेवा विस्तार गरिने सापकोटाले बताए ।

  • ३२ जेष्ठ २०८०, बिहीबार २१:२८ प्रकाशित
  • सम्बन्धित