स्वास्थ सम्बन्धि पुनर्स्थापना सेवाका लागि पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न
  • विदुर न्युज

जाजरकोट,जेष्ठ २१,आइतबार ।

स्वास्थ सम्बन्धि पुनर्स्थापना सेवाका लागि पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय अपांग महासंघ नेपाल र USAID/HI को साझेदारीमा संचालित परियोजना अन्तर्गत “स्वास्थ पुनर्स्थापना सेवाका लागि जनप्रतिनिधि लगायत सरोकारवालाहरुलाई पालिका स्तरीय अभिमूखिकरण कार्यक्रम”जाजरकोटको भेरी नगरपालिकामा सम्पन्न भएको हो। अपांग उत्थान केन्द्र जाजरकोटको आयोजना तथा भेरी नगरपालिका जाजरकोटको समन्वयमा उक्त कार्यक्रम सन्चालन गरिएको थियो ।

आइतबार पालिकामा संचालित यश कार्यक्रममा पालिकाका कार्यपालिका सदस्य लगायत सरोकारवालाहरुको सहभागी रहेको थियो । उक्त कार्यक्रममा उपस्थित वडा अध्यक्ष,कार्यपालिका सदस्य,नगर प्रमुख,नगर उप प्रमुख लगायत सरोकारवालाहरुलाई अपांगता र पालिकालाई अपांगमैत्री बनाउने लगायतका सवालमा अभिमूखिकरण दिइएको थियो । उक्त कार्यक्रम पालिकाले अपांगताका क्षेत्रमा गरेका कामका विषयमा पनि छलफल गरिएको थियो। पालिकाको भवन अपांगमैत्री बनाएकोमा राष्ट्रिय अपांग महादंघ कर्णालीले पालिकालाई धन्यवाद व्यक्त गरेको थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकाश घर्तिले पालिकालाई अपांगमैत्री बनाउन नगरपालिका लागि परेको बताएका छन। घर्तिले अपांगका क्षेत्रमा काम गर्न रुचि लाग्ने र पालिकाको सेवामा सबैलाई समान तरिकाले प्रवाह गर्न आफू सजक रहेको पनि नगर प्रमुख घर्तिले बताएका छन। आगामी आर्थिक वर्षमा हुने बजेट तर्जुमा तथा कार्यक्रममा अपांगका सवालहरुलाई पनि सहि ढङ्गले समेट्ने प्रमुख घर्तिले प्रतिबद्धता समेत जनाएका छन।

  • २९ जेष्ठ २०८०, सोमबार २०:२१ प्रकाशित
  • सम्बन्धित