जाजरकोट ।
भेरी नगरपालिका १३ कुदुको एक निर्माणाधीन पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा नेकपा एमाले जाजरकोटका सहसचिव तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेरी नगरपालिका वडा नं . १३ कुदु निवासी नर बहादुर बस्नेतका ८ वर्षको छोरा स्वाइन बस्नेत र सोही निबासी टिकाराम बस्नेतको ८ वर्षको छोरा प्रमोद बस्नेत दुवै जना गाउँमै रहेको पानी पोखरीमा डुबेर मृत्यु भएको हो ।
बालकहरु दिउसो गर्मीको समयमा पानी खेल्नको लागि पोखरिमा गएका थिए। पौडी खेल्ने क्रममा डुबेर बालकरुको मृत्यु भएको बताइएको छ।बिगत ३ वर्षदेखी पोखरी निर्माण क्रममा थियो । घटनाको थप रिपोर्ट आउन बाकी नै छ।