जाजरकोट ।
जाजरकोटको भेरी नगरपालिकालाई युवाहरुले युवा लक्षित बजेट तथा कार्यक्रमका लागि अनुरोध पत्र बुझाएका छन । आगामी आर्थिक वर्ष ८०/८१ को लागि हुने पालिकाको बजेट योजना तर्जुमामा युवा लक्षित बजेट तथा कार्यक्रमलाई प्राथमिकता दिन भेरी नगरपालिकाका युवाहरुले अनुरोध पत्र बुझाएका हुन।
सहिद स्मृति युवा क्लव र भेरी युथ प्यानलको संयुक्त आयोजना र भेरी नगरपालिकाको सहकार्य तथा महिला सशक्तीकरण मन्च दैलेखको सहयोगमा मंगलबार गरिएको कार्यक्रममा भेरी नगरपालिकाका युवाहरु नगरपालिकालाई अनुरोध पत्र बुझाएका हुन।
युवाहरुका सवालमा शिक्षा,स्वास्थ ,कृषि ,रोजगार,क्षमता विकास,राजनैतिक सहभागिता जस्ता कुराहरुलाई मध्यनजर गर्दै पालिका स्तरमा युवा निति निर्माण गर्न,योजना तर्जुमा गर्दा अनिवार्य युवा सहभागिता सुनिस्चित गर्न,पालिकालाई युवामैत्री मनाउन तथा पालिकामा निशुल्क लोकसेवा तथा शिक्षक सेवा आयोगका कक्षा सन्चालन गर्न लगायतका युवा लक्षित कार्यक्रम तथा बजेट विनियोजन गर्न पालिकालाई अनुरोध पत्र हस्तान्तरण गरिएको थियो। क्लवका अध्यक्ष प्रेम विश्वकर्माले अनुरोध पत्र हस्तान्तरण गर्दा पढेर सुनाएका थिए।
युवाको सवालमा नगरपालिका सकारात्मक रहेको नगर प्रमुख चन्द्र प्रकाश घर्तिले बताए। हरेक कार्य गर्नको लागि निति प्रमुख हुने भएकाले नितिको लागि काम गर्न नगर कार्यपालिका तयार भएको र यसको लागि युवाहरुको सहयोगको अपेक्षा गरेको नगर प्रमुख घर्तिले बताएका थिए।
मंगलबार नगरपालिकामा आयोजित यस कार्यक्रमम नगर प्रमुख,उप प्रमुख,वडा अध्यक्ष र युवहरु लगायतको उपस्थिति रहेको थियो।