जाजरकोट ।
जाजरकोट जिल्लाको सदरमुकाम खलंगा भेरी नगरपालिका भित्र पर्दछ । भेरी नगरपालिकाको वडा नम्बर ३ र ४ को भूभाग समेटिएको यस सदरमुकाम बाहिर सुन्दर देखिए पनि बजारको फोहोर व्यवस्थापन नहुदा दुर्गन्धित बन्दै गएको छ। दिनानु दिन क्विन्टलका क्विन्टल फोहोर उत्पादन हुने यस क्षेत्रमा फोहोरको उचित व्यवस्थापन नहुदा मानिसहरु जथाभावी फोहोर फाल्न बाध्य छन । जथाभावी फोहोर फालेको कारण खुल्ला रुपमा मानिसहरुलाई आवाज जावत गर्न गाह्रो भएको छ । पर्यटकीय क्षेत्रको हिसाबले पनि जाजरकोटकै मुख्य थलो मानिने सदरमुकाम जथाभावी फोहोरका कारण ओझेलमा पर्दै जाने अवस्था छ। राजाका पालामा बनेको जाजरकोट दरबार अहिले जिल्ला प्रशासन कार्यालयको रुपमा प्रयोग हुँदै आएको छ । दरबार हेर्नको लागि टाढा टाढाबाट मानिसहरु आउने गर्छन । तर बाटोमा जथाभावी फालिएका फोहोरको कारण पर्यटकहरु मन खिन्न बनाएर हिड्नु पर्ने हुन्छ । नजिकको सरकार भनेर वडा कार्यालयलाई भनिन्छ तर यसको व्यवस्थापनमा वडा सरकारले वास्ता नगरेको स्थानीयहरुको गुनासो छ।
दैनिक उत्पादन हुने फोहोर अर्को दिनसम्म राख्दा कुहिएर राखेको ठाउँ नै दुर्गन्धित हुने अवस्था आउँछ।हप्तामा एकदिन मात्र फोहोर उठाउने गाडी आउँछ।त्यो पनि कतिबेला आउँछ थाहा छैन।हप्ता दिनसम्म फोहोर राख्न नसकिने भेरी नगरपालिका ४ कि स्थानीय देवि नेपाली बताउछिन। यसको समाधानको लागि वडा सरकारले नगरपालिकासंग समन्वय गर्नु पर्ने हो तर व्यवास्ता गरेको नेपालीको भनाइ छ । अर्का व्यवसायी सत्तेदेब आचार्य भन्छ्न,”फोहोरको उचित व्यवस्थापनमा वडा सरकार चुकेको छ।” सबै भन्दा धेरै फोहोर उत्पादन हुने ठाउँ नै गैरिखाली शान्ति चौतारा हो। यसको पहल तथा समन्वय नजिकको वडा सरकारले गर्नु पर्ने हो तर वडा अध्यक्षले खासै यस विषयमा चासो नदिएको आचार्यको आरोप छ। वडाले पहल गरे यसको समाधान हुने तर यसम वडा सरकार मौन रहेको अर्का व्यवसायी मुकुन्दा शर्मा बताउछन । शर्मा भन्नुहुन्छ,”हामिले भन्ने त नजिकको वडा सरकारलाई हो तर वडा सरकारले यस विषयमा चासो नदिएको अवस्था छ।” भेरी ४ गैरिखालिदेखी बाहुनथाना जाने सडक खण्डको छेउमा क्विन्टलका क्विन्टल फोहोर दिनहु फालिन्छ । त्यहाका बजार भरिका मानिसले फोहोर दिनहु त्यही फाल्छन । ट्याक्टर समयमा नाउनाले र फोहोर बिसर्जनको लागि विकल्प नरहेको कारण त्यही ठाउमा फोहोर फाल्न बाध्य भएको स्थानीय बताउछन । वडा सरकारले यश विषयमा पहल नगरेको उनिहरुको आरोप छ ।
स्थानीयले लगाएको आरोप सहि नरहेको वडा नम्बर ४ का वडा अध्यक्ष वसन्त प्रसाद शर्माले बताएका छन । फोहोर उठाउनको लागि नगरपालिकाले प्रत्यक दिन ट्याक्टर पठाए पनि स्थानीयले अटेर गरि जथाभावी फोहोर फाल्ने गरेको अध्यक्ष शर्मा बताउछन। फोहोर फोहोर व्यवस्थापनमा आफू निरन्तर लागि रहेको अध्यक्षको दाबी छ । अब जथाभावी फोहोर फाल्नेलाई कार्वाहिको दायरामा लिन आफुले पहल चाल्ने पनि शर्माले बताएका छन । सिसिटिभी क्यामेराको निगरानीमा फोहोर फाल्ने जो कोहिलाई पनि फोहोर व्यवस्थापन ऐन अनुसार कार्वाही र जरिवाना गरिने अध्यक्ष शर्माको भनाइ छ ।