जाजरकोटमा यसरी मनाइयो जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस
  • विदुर न्युज

जाजरकोट । 
जाजरकोट जिल्लामा १८ ओै जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवसको अबसरमा  जातिय विभेद अवस्था विषयीक अन्तरक्रिया कार्यक्रम गरेर मनाइएको छ ।

भेरि नगरपालिका जाजरकोट र सामाजिक बिकास शाखा जाजरकोटकाे आर्थिक सहयाेगमा  : राष्ट्रिय दलित नेटवर्क , RDN जिल्ला शाखा जाजरकोटकाे आयाेजना तथा  सहिद स्मृति युवा क्लब जाजरकोट ,दलित सेवा केन्द्र जाजरकोट ,नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोट ,सामुदायिक प्रहरी जाजरकोट ,र आदिवासी जनजाति महासंघ जाजरकोट काे संंयुक्त सह आयाेजनामा कार्यक्रम सम्पन्न भयकाे हाे ।

आईतवार  बिहान प्रभात र्‍याली गरि जिल्ला समन्वय समितिकाे सभाहलमा भयकाे कार्यक्रममा जिल्ला समन्वय प्रमुख , प्रमुख जिल्ला अधिकारी , नगर प्रमुख, नागरिक  समाजका अगुवा सुरक्षा निकायका प्रमुख , पत्रकार लगायत जिल्लामा क्रियाशील सबै राजनैतिक दलका प्रतिनिधि लगायत सबै सराेकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुकाे सहभागीतामा कार्यक्रम सम्पन्न भयकाे थियाे ।

कार्यक्रममा काे अध्यक्षता राष्ट्रिय दलित नेटवर्क ( RDN ) जाजरकोटका अध्यक्ष गाेपाल बहादुर नेपाली र संचालन सहिद स्मृति युवा क्लब जाजरकोटका अध्यक्ष प्रेम राज विश्वकर्मा ले गरेका थिए।

छुवाछूत र जातिय बिभेदकाे उत्पिडनबाट दलित समुदायलाई पुर्ण मुक्ति दिलाउनका निम्ति २०६३/ जेठ २१ गते संसदबाट नेपाललाई छुवाछूत मुक्त राष्ट्र घाेषणा गरियकाे थियाे ,र नेपालकाे संबिधान काे माैलिक हक र कर्तव्य अन्तर्गतको धारा २४ र ४० मा दलित समुदायको हक र अधिकारीको ब्यवस्था गरियकाे छ । जेठ २१ लाई दलित अधिकार दिवसका रुपमा मनाउने गरिन्छ। २१ ओैं शताब्दीको याे युगमा पनि अझै समाजमा मान्छे -मान्छे बिचका विभेदका खाडल पुरियका छैनन ,तसर्थ : छुवाछूत र जातिय विभेद मुक्त जिल्ला , नगर , गाउँ  , समाज निर्माण मा सबैकाे हातेमालो रहने उक्त कार्यक्रममा सहभागी सबैकाे साझा प्रतिबद्धता रहेकाे थियाे ।

 

  • २१ जेष्ठ २०८०, आईतवार २१:१२ प्रकाशित
  • सम्बन्धित