जाजरकोट ।
नेकपा (एमाले) निटक राष्ट्रिय युवा संघ र अनेरास्ववियु जाजरकोटले राष्ट्रिय रामचन्द्र पौडेलको पुत्ला जलाएको छ। बुधबार युवा संघले सांकेतिक विद्रोह भन्दै मसाल जुलुस निकालेको थियो। मसाल जुलुस माथिल्लो थाप्ले देखि सुरु भएर ठाटिमा गएर कोण सभामा परिनत भएको थियो । कोण सभाको क्रममा युवा संघले राष्टपती पौडेलको पुत्ला जलाएको हो ।
नेपाल सरकारले तत्काल गरेको फैसला प्रती असहमती जनाउदै पुत्ला जलाएको अनेरास्ववियुका केन्द्रीय सदस्य दिनेश गौतमले बताए । वर्तमान सरकारले पुर्व राष्ट्रिपति विद्यादेवी भण्डारिले फिर्ता गरेको नागरिकता विधेयक,अदालतबाट अपराधी ठहरिएको रेशम चौधरिको रिहाइ लगायत गलत निर्णय गरेको विषयमा आपत्ति जनाउदै युवा संघ जाजरकोटले मसाल जुलुस निकालेको हो । अपराधीलाई निकाल्न नहुने र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भारत भ्रमण संकास्पद भएको विषय पनि कोण सभामा उठाएका थिए । वर्तमान सरकारले गरेको गलत निर्णय प्रती राष्ट्रिय युवा संघ र अनेरास्ववियुले संयुक्त रुपमा देश भर मसाल जुलुस निकालेको छ ।