जाजरकोट ।
भेरी नगरपालिका २ तिमिलेमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको छानो हुरिले उडाउदा पठनपाठन प्रभावित भएको छ। बुधबार बिहान आएको हुरिले विद्यालयको छानो उडाएको हो ।
टिनले छाएको विद्यालयको छानो हुरि बतास आउदा उडेको हो । विद्यालयमा एक सय बोरा सिमेन्ट राखिएको थियो ।हुरिले छानो उडाउदा करिब दुई लाख भन्दा बढीको क्षती भएको विद्यालयका प्रधानाध्यापक बल बहादुर खत्रीले बताए ।
विद्यालयको ओत लाग्ने छानो नै उडेपछि विद्यार्थीको पठनपाठनमा असर पुगेको छ। बजेट अभावका कारण तत्काल मर्मत गर्न गाह्रो भएको प्र.अ खत्रीले बताएका छन । कक्षा ५ सम्म पठनपाठन हुने यस विद्यालयमा ५२ जना विद्यार्थी पढ्दै आइरहेका छन।
कमजोर भौतिक संरचनाका कारण जिल्लाका अधिकांस विद्यालयले वर्षेनी यस्ता समस्याहरु भोगिरहनु परेको छ ।