भेरी नदिमा डुबेर एकजना बालकको मृत्यु
  • सरोज वली

जाजरकोट ।
जाजरकोटको भेरी नगरपालिका १ कालेगाउँ स्थित भेरी नदिमा डुवेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नलगाड नगरपालिका ८ का बर्ष १५ का बिबेक वि।क रहेका छन । दिउँसो १ बजे तिर साथी सँग पौडी खेल्न भेरीमा गएका उनको डुवेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

नदीमा डुबेका बालकको प्रहरी र स्थानीयले उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल जाजरकोटमा ल्याइएको थियो । अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको डीएसपी सन्तोष रोकाले बताए ।

  • ८ जेष्ठ २०८०, सोमबार २०:१३ प्रकाशित
  • सम्बन्धित