भेरिका सबै वडा स्वास्थ केन्द्रबाट आखाको पनि प्राथमिक सेवा सुचारु
  • विदुर न्युज

जाजरकोट ।
भेरी नगरपालिकाका १३ वटै वडा स्वास्थ केन्द्रबाट आँखा सम्बन्धि प्राथमिक सेवा दिने सुचारु हुने भएको छ। अबदेखी पालिकाका सबै वडाबाट आँखा सम्बन्धि एक तहको उपचार हुने भएको हो । सेवाग्राहीहरुले आखाको दृष्टि जाच,आधारभूत आखा उपचार ,आखाको चोट पटक तथा बाह्य बस्तु निकाल्ने र रोकथाम परामर्श लगायतका सेवा प्राप्त गर्ने नगरपालिकाका जनस्वास्थ्य निरीक्षक अधिकृत दिपक वलिले जानकारी दिएका छन। वलिका अनुसार अब आँखा सम्बन्धि सामान्य समास्या लिएर जिल्ला अस्पताल अथवा कुनै पनि मेडिकलमा धाउनु नपर्ने बताएका छन ।

भेरी नगरपालिकाले वडामा सेवा दिने स्वास्थ्यकर्मीलाई आखा जाच तथा उपचार बारे क्षमता बिकास तालिम दिएको थियो। त्यस्तै स्वास्थ्यकर्मीहरुलाई आखा सेवाको लागि सेटअप मिलाउने तालिम पनि दिइएको थियो । भेरी नगरपालिकाको आयोजना तथा दृष्टि आई फाउन्डेसन काठमाडौंको प्राबिधिक सहयोगमा संचालन भएको यस तालिममा सबै स्वास्थ्य संस्था बाट २ जना स्वास्थ्यकर्मीहरुलाई सहभागी गराइएको थियो । तालिम तथा आखा जाच सामाग्री पनि दिईएको थियो ।

सामान्य आँखा सम्बन्धि समस्या भएका नागरिकलाई सदरमुकाम अथवा मेसिन हस्पिटलमा धाउन नपरोस भनी यो तालिम दिएको नगरपालिकाका प्रमुख चन्द्र प्रकाश घर्तिले बताएका छन । घर्तिले यस अघि एक वडा एक स्वास्थ केन्द्रको अवधारणा ल्याएका थिए। वडा स्वास्थ केन्द्रबाटै धेरै स्वास्थ सेवा दिन आफु निरन्तर लागि रहेको प्रमुख घर्तिले बताएका छन । मानिसको सबैभन्दा ठूलो धन स्वास्थ भएका कारण यस प्रती आफू संवेदनशील भएको प्रमुख घर्तिको भनाइ छ।

  • ८ जेष्ठ २०८०, सोमबार २०:०५ प्रकाशित
  • सम्बन्धित