बाजुरा।
बाजुरामा दलितले मन्दिरमा बिवाह गर्ने कुरा थाहा पाएपछि मन्दिरका पुजारी मन्दिर ताला लगाएर भागेका छन । बाजुरा जिल्लाको प्रसिद्ध तिर्थ स्थलको रुपमा लिइने बडीमालिका मन्दिरमा बडिमालिका नगरपालिका ९ का प्रकाश विकले कन्चनपूर जिल्लाबाट पार्वती सुनारलाई भगाएर ल्याएका पछि बिहे गने लागेका थिए । पुजारी देवराज पाध्यायले यो कुरा थाहा पाएपछि मन्दिर ताला लगाएर भागेका हुन । बि क ले सोमबार बिहे गर्ने भन्ने खबर पुजारिलाई आईतवार नै पाएका थिए । यसरी दलितले मन्दिरमा बिबाह गर्ने भन्ने कुरा थाहा पाए पछि मन्दिर नै बन्द गरेर पुजारीले टाप कसेको दलित पत्रकार महासघ बाजुराका अध्यक्ष मदन विकले बताएका छन ।
पुजारी आउलान भनेर बिहान देखि ३ घण्टासम्म मन्दिर बाहिर कुरेर बसेका थियो । फोन गर्दा फोन सम्पर्क हुन सकेन भन्न थाल्यो । पछि तीन घण्टा पछि मन्दिर बाहिर नै टिका लगाएर समान्य हिसावले विहे गरेर घर फर्केको विकले बताए ।
कन्चनपूरबाट भगाएर ल्याएको त दुई महिना बढी भयो तर बिधिवत तरिकाले बिहे गर्ने उद्देश्यले मन्दिरमा बिहे गर्ने गरि पुजारीलाई जानकारी गराएको दुलाह प्रकाश विकले बताए ।
हामीलाई मन्दिर भित्रै पस्नु थिएन पुजारीले बडिमालिका देवीलाई चढाउने पुजाको सामान राखिदिए भईहाल्थ्यो । पुजारी नआएपछि मन्दिरको झ्यालबाट बडिमालिका देविलाई प्रसाद चढायौ विकले बताए ।