जाजरकोट ।
बास नेपाल जिल्ला शाखा जाजरकोटले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ। भ्रष्टाचार नियन्त्रण गर्न अनुरोध गर्दै बास नेपाल जाजरकोटले निमित्त प्रमुख जिल्ला अधिकारि हरिषचन्द्र शर्मा मार्फत सम्मानीय प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा १० बुदे मागहरु राखिएको छ। पत्रमा भ्रष्टाचार जस्तो सामाजिक अपराधमा शून्य सहनशीलताको रणनीति अबलम्बन गर्नु पर्ने,भ्रष्टाचार विरुद्धका संयन्त्रको प्रभावकारी विकासमा ध्यान दिने,दोषिलाई कार्वाही गर्ने लगायतका बुदाहरु समेटिएका छन। बास नेपालकी प्रदेश सदस्य शारदा पुनले ध्यानाकर्षण पत्र बुझाउनु अगाडि पढेर सुनाएकी थिइन।
बास नेपालले शुक्रबार ७७ जिल्ला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
केन्द्रिय कार्यालयको परिपत्र अनुसार जाजरकोट शाखाले पनि शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।