अध्यक्षको पहलमा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण
  • भिम खड्का

नलगाड ।

नलगाड न.पा ६ भारगाँउ वडा कार्यलयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । अनाथ, गरिब तथा विपन्न वर्ग र अपाङ्गता विद्यार्थीहरुलाई केहि राहतको स्वरुप वडा परिवार र अध्यक्ष विरेन्द्र खड्काको पहमा शैक्षिक सामग्री वितरण गरीएको हो । अध्यक्ष खड्काको पहलमा विद्यार्थीहरुलाई कापी कलम विद्यालय पोसाक लगायतका सामग्रीहरु वितरण गरिएको हो । वडाले राखेको यस कार्यक्रममा नलगाड ६ का पाँच विद्यालय सहभागी भएका थिए । श्री जनाप्रिय प्रा.वि पिउलीबाट ५जना ,श्री वीरेन्द्रर प्रा.वि भारगाउँबाट ५जना, श्री सिता प्रा.वि गरागलीबाट ५ जना , श्री निर्मल ज्योती आ.वि थाप्लाबाट ८ जना र श्री कालिका आदर्श आ.वि गर्छिनाबाट १० गरी जम्मा ३३ विद्यार्थीहरु शैक्षिक सामग्री वितरण कार्यक्रममा सहभागी भएका थिए ।

निम्न विपन्न तथा गरिब परिवारका विद्यार्थीहरुलाई पढाइमा केही राहत होस भनि सामग्री वितरण गरेको अध्यक्ष खड्काले बताए । वडाको यस कदमप्रति विद्यालय परिवारले खुसि व्यक्त गरेका छन् ।
कार्यक्रममा आएका प्रत्येक विद्यायलय प्रध्यानाध्यापक लगायत सहभागी भएका अभिभावकहरुले अध्यक्ष खड्कालाई राम्रो काम गरेको भन्दै वधाई दिएका छन । प्रत्येक विद्यालयका प्रध्यापक हरुले आफनो विद्यालयमा भएका हरेक समस्याहरु अध्यक्ष खड्कालाई सुनाएका थिए ।

कापि कलम र पोसाकका अभावको कारणले गर्दा वडाका कुनै पनि विद्यार्थी विद्यायल जानबाट बन्चित नहुन भनि विद्याथीहरुको हौसला बढाउनको लागि राहत स्वरुप शैक्षिक सामग्री वितरण गरेको अध्यक्ष खड्का बताउछन् । आगामी बजेटमा शैक्षिक मुद्दालाई प्रमुख आवश्यकतामा राख्ने अध्यक्ष खड्काले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

  • १ जेष्ठ २०८०, सोमबार ०९:३१ प्रकाशित
  • सम्बन्धित