जाजरकोट ।
नेपाली काङ्ग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सांसद गगन थापाले भ्रष्टाचार विरुद्धको अभियानमा जो जहाँ छौँ त्यहिबाट आवाज उठाउन आह्वान गरेका छन। थापाले सामाजिक सन्जालमा पोस्ट गर्दै यसो भनेका हुन। उनले लेखेका छन,`भ्रष्टाचारबिरुद्धको अभियानमा जो जहाँ छौं, त्यहीबाट आवाज उठाऔं, खबरदारी गरौं, दबाब दिऔं।
नागरिकस्तरबाट हुने जनदबाबमूलक अभियानले भ्रष्टाचार नियन्त्रणका लागि सरकारबाट भएका प्रयासलाई थप मद्दत पुग्नेछ, सदन र पार्टीहरूभित्र उठिरहेका आवाजलाई ठूलो बल पुग्नेछ। भोलिको कार्यक्रमहरु प्रति ऐक्यबद्धता ।´ भोलि देशभर हुने भ्रष्टाचार विरुद्धको कार्यक्रममा थापाले सामाजिक सन्जाल मार्फत एक्यवद्धता समेत जनाएका छन। जन दबाब सिर्जना गरे सरकारलाई पनि सहयोग हुने र दोषीलाई कार्वाही गर्न सकिने थापाले पोस्ट मार्फत बताएका छन। भोलि देशभर भ्रष्टाचार विरुद्धको अभियान कार्यक्रम हुँदै छन।