वनमा लागेको आगो निभाउने क्रममा अध्यक्षको मृत्यु
  • विदुर न्युज

जाजरकोट । 
आगो निभाउने क्रममा जलेर वन उपभोक्ता समितिका अध्यक्षको मृत्यु भएको छ । भेरी नगरपालिका–७ मा बिहिवार दिउँसो आगो निभाउने क्रममा पातिहाल्न सामुदायिक वनका अध्यक्ष दलजित कार्कीको जलेर मृत्यु भएको हो ।

बिहिवार दिउँसो भेरी नगरपालिका ७ पुनमाको पातिहाल्न सामुदायिक वनमा आगो लागेको थियो । बनमा लागेको आगो निभाउने क्रममा अध्यक्ष कार्कीको जलेर मृत्यु भएको भेरी नगरपालिका ७ का वडाध्यक्ष दीपबहादुर शाहीले जानकारी दिए ।

दिउँसो लागेको आगो निभाउन खोज्दा अध्यक्ष कार्की जलेर घाइते भएका थिए । घाइते भएका कार्कीको उपचारका लागि अस्पताल लैजाने तयारी गर्दै गर्दा मृत्यु भएको वडाध्यक्ष शाहीले जानकारी दिए । गाउँलेहरुको प्रयासमा डढेलो गएराति निभाइएको छ ।

  • २९ बैशाख २०८०, शुक्रबार १२:०१ प्रकाशित
  • सम्बन्धित