जाजरकोट ।
उर्जा जलश्रोत तथा सिचाइ मन्त्री शक्ति बस्नेतको पहलमा जाजरकोटको खलंगामा सिचाइ तथा नदि नियन्त्रण कार्यालय स्थापना हुने भएको छ। उर्जा जलश्रोत तथा सिचाइ मन्त्रालयको बैशाख २० गते बसेको बैठकले यो निर्णय गरेको हो।
उर्जा जलश्रोत तथा सिचाइ मन्त्रालयको मातहतमा रहने गरि सिचाइ तथा नदि नियन्त्रण आयोजना कार्यालय जाजरकोटमा स्थापना हुने भएको हो । यस कार्यालय मार्फ संघको कार्यक्षेत्रमा रहेका नदि नियन्त्रण ,सिचाइ र जलश्रोत संरक्षणको कार्य हने छ । जाजरकोट ,सल्यान,रुकुम पुर्व,रुकुम पश्चिम र डोल्पा जिल्लामा कार्यक्षेत्र हुने गरि जाजरकोटमा यो कार्यालय स्थापना गर्न लागिएको हो । यस कार्यालयको स्थापनाले जाजरकोटको गौरव थप बढाउने अनुमान गरिएको छ । यस कार्यको लागि अहिले मन्त्री बस्नेतलाई जाजरकोटिले खुलेर प्रशंसा गरेका छन।