जाजरकोट ।
दलित विद्यार्थीको शैक्षिक अवस्था सुधार गर्न अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटको आयोजनामा सदरमुकाम खलंगामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
नेपालको संविधानले शिक्षालाई मौलिक हकका रुपमा लिएको तर कार्यान्वयन नहुँदा जाजरकोटमा धेरै बालबालिकाहरु विद्यालय बाहिर रहेकोले शिक्षाको पहुँचमा पुर्याउन सबैले जोड दिनुपर्ने
जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख खत्रीले बताए । दलित समुदायका बालबालिकालाई सरकारले कक्षा १२ सम्म निशुल्क शिक्षा दिने भनियता पनि यसको कार्यान्वयन नहुदा दलित समुदाय बालबालिका शिक्षा पाउनु पर्ने अधिकारबाट बन्चित भएको प्रमुख खत्रीले बताए। सरकारले यश तर्फ ध्यान दिनु पर्ने कुरामा प्रमुख खत्रीले जोड दिएका थिए।
अन्तरक्रिया कार्यक्रममा स्थानीय तहले शिक्षाका लागि छुट्याईएको बजेट बाट अझ लक्षित वर्गका बालबालिकालाई छुट्टै व्यवस्था गरी निःशुल्क व्यवस्थापन गर्न स्थानीय तहलाई सुझाव दिने गरी निर्णय गरिएको छ । आगामी आर्थिक बर्षमा भेरी नगरपालिका भित्रका लक्षित वर्ग समुदायका यूवायूवतीका लागि लोकसेवा तयारी कक्षा सञ्चालनका लागि बजेट विनियोजन गर्न माग समेत गर्ने निर्णय भएको छात्रवृति कार्यक्रमका जिल्ला संयोजक कृष्ण तिरुवाले जानकारी दिए ।
उनका अनुसार, कार्यक्रममा भेरी नगरपालिका उप —मेयर सिता जैसी, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद जैसी, शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका जिल्ला संयोजक सहदेव बस्नेत, पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्मा, पहाडी क्षेत्र विकास अभियानका प्रतिनिधी विनोद पोखरेल, भेरी नगरपालिका शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक चित्र प्रसाद वली सहित अन्य तीन दर्जन सरोकारवालाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमको सभाध्यक्षता राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटका कार्यवाहक अध्यक्ष संगिता सुनारले गरेकी थिईन् । दलित बालबालिकाहरु आर्थिक रुपमा निकै विपन्न रहेका, विच्चैमा विद्यालय छोड्ने, नियमित विद्यालय नआउने समस्याले शैक्षिक सुधार हुन नसकेको बताईएको छ । उनीहरुलाई नियमित रुपमा विद्यालय आउने वातावरण मिलाउने र आगामी बर्षहरुमा छात्रवृति सहितको शिक्षामा जोड दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।