कार्णालीमा प्रदेश युवा नीति बनाउछु : मन्त्री  पोखरेल
  • विदुर न्युज

जाजरकोट ।
सामाजिक विकास मन्त्री खड्क बहादुर पोखरेलले कर्णाली प्रदेशमा युवा नीति बनाउने बताएका छन ।सुर्खेतमा आयोजित प्रादेशिक नीति संवाद तथा युवा महोत्सव कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले कर्णालीमा युवा नीति बनाउने बताएका हुन । सामाजिक,राजनीतिक तथा आर्थिक परिवर्तनका संवाहक शक्ति युवा हुन । युवाको क्षमतालाई सदुपयोग गर्न सके मात्रै देशको रुपान्तरण हुन सक्ने भएका कारण युवा नीति आवस्यकता रहेको उनले बताए । युवा हितमा काम गर्नको लागि नीति हुन पर्ने भएका कारण पहिलो प्राथमिकता युवा नीति बनाउने कुरामा दिने मन्त्री पोखरेलले बताएका छन।
संघियताको दोस्रो चरणको मन्त्रीको रुपमा आएको छु । पहिला बनेका मन्त्रीले युवाको क्षेत्रमा खासै चासो नदेखाएको जस्तो लाग्यो मेरो कार्यकालमा कर्णाली प्रदेशलाई युवामैत्री बनाउन पहल गर्ने मन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरेका छन ।
युवालयको आयोजना राष्ट्रिय युवा परिषदको समन्वयमा कर्णालीमा यो कार्यक्रम गरेको थियो । उक्त कार्यक्रम मन्त्रीले यसो भनेका हुन। कार्यक्रममा कार्णाली प्रदेशका १० जिल्लाबाट करिव १ सय भन्दा बढी युवाको सहभागिता रहेको थियो। कार्यक्रममा युवाहरुले कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री पोखरेललाई २० बुदे घोषणा पत्र पनि बुझाएका थिए । मन्त्रीले घोषणा पत्र ग्रहण गरिसके पछि युवाहरुलाई धन्यवाद दिएका थिए । मन्त्रीले युवाले सरकारलाई घचघच्याइ रहनु पर्ने पनि बताएका छन। आउने बजेटमा घोषणा पत्रका धेरै कुरा समेट्ने पनि बताएका छन।

  • २५ बैशाख २०८०, सोमबार २१:४५ प्रकाशित
  • सम्बन्धित