जाजरकोट ।
जाजरकोटको भेरी नगरपालिकाले लम्फी स्किन डिजिज रोक्न पशुपन्छी प्राविधिक खटाएको छ । महामारीको रोगको रुपमा पशु चौपायमा लाग्ने लम्फी स्किन डिजिज रोगको रोकथामका लागि नगरपालिकाले प्राविधिक खटाएको हो । जाजरकोटका अधिकांस पालिकाका गाई गोरुमा यो रोग देखा परेका कारण मृत्यु पनि भएको छ । भेरी नगरपालिकाको पनि १२ नम्बर वडाका पशु चौपायमा यो रोग देखा परेको छ।
नगरपालिकामा यो रोग देखा पर्न बित्तिकै यसको रोगथामका लागि पालिकाले प्राविधिक खटाएको नगरपालिकाले एक सुचना निकालेर जानकारी दिएको छ। बिभिन्न पालिकामा करिव ८ जना प्राबिधिक खटाएको छ। लम्फी रोग यतिबेला भेरी नगरपालिकाका १३ वटै वडाका चौपायमा देखा परेको छ । मंगबार पालिका प्रमुख चन्द्र प्रकाश घर्तिको अध्यक्षतामा बसेको बैठकले नगरपालिकामा रोग रोकथामका लागि प्राविधिक खटाउने निर्णय गरेको हो । नगरपालिकाका कुनै पनि पशुचौपायमा यस्तो रोग देखा परे पालिकाले खटाएका प्राविधिकहरुलाई सम्पर्क गर्न नगर प्रमुख घर्तिले आह्वान गरेका छन।