निरन्तरको वर्षातले किसानलाई गहु बाली भित्र्याउन कठिन
  • विदुर न्युज

Exif_JPEG_420

जाजरकोट ।

यतिबेला जाजरकोटको अधिकांस ठाउमा गहु बाली भित्र्याउने सिजन चलिरहेको छ। कतिले त समयमै भित्र्याइसकेका छन । तर कतिपय किसान भने मारमा परेका छन । केही दिन यता निरन्तर पानी परिरहेको छ । जसको कारण किसानलाई गहु बाली भित्र्याउन कठिन भइरहेको छ। दुख गरेर गोडमेल गरि जोगाएको बाली अब भित्र्याएर खाउला भन्ने समयमा पानी परेर रुनु न हास्नु बनाएको दुखेको पोख्छिन भेरी नगरपालिका १ रावतगाउकी किसान सावित्री बिक ।
बिकको घर परिवार यसै बालिबाट पालिन पर्छ तर आकाशे पानीले गर्दा सबै सखाप पारिदियो के खाने होला भन्ने चिन्ताले सताइरहेको बिक बताउछिन।

यहाका किसानले धान बाली भित्र्याउने बेला पनि यस्तै पीडा भोग्नु परेको थियो । धान बालि भित्र्याउदा पनि पानी परेर यस्तै तनाब बनायो अहिले पनि यस्तै तनाब के खाने होला आफू त यस्तै हो छोरा छोरी भोकै रहन्छन कि भन्दै दुख पोख्छन रावतगाउकै अर्का किसान दल बहादुर चनारा। सरकारले हामी किसानको मर्म बुझिदिए केही राहत हुने यहाका किसान बताउछन।

वर्षेनि हुने मौसम परिवर्तनका कारण किसानले यस्तो समस्या भोगीरहनु परेको छ । परिवर्तित मौसम अनुकुल किसानले बाली लगाए यस्तो समस्य भोग्न नपर्ने कृषि विज्ञहरु बताउछन।

  • १८ बैशाख २०८०, सोमबार १९:३६ प्रकाशित
  • सम्बन्धित