एउटै कानून नबनाई अन्त्य भयो हिउँदे अधिवेशन
  • विदुर न्युज

काठमाडौं :

 संघीय संसद्को दुवै सदनको अधिवेशन शुक्रबार राति १२ बजे अन्त्य भएको छ।​

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले  अधिवेशन अन्त्य सम्बन्धी पत्र राष्ट्रपति कार्यालयबाट प्राप्त भएको जानकारी दिए।

चालू अधिवेशन २०७९ पुस २५ गतेदेखि शुरु भएको थियो। जेठ १५ गते नयाँ आर्थिक वर्षका लागि बजेट ल्याउने तयारी गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य गरिएको बताइएको छ। केही दिनभित्रै बजेट अधिवेशनका रूपमा संघीय संसद्को वर्षे अधिवेशन आह्वान हुनेछ।

११० दिन चलेको प्रतिनिधिसभाको २८ वटा बैठक बसेका थिए। यो अधिवेशनले एउटा पनि कानून बनाउन सकेन। यो अधिवेशनले  आठवटा विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ।

  • १६ बैशाख २०८०, शनिबार ११:५५ प्रकाशित
  • सम्बन्धित