मालिकामा धर्मालम्बिहरुको घुइचो
  • विदुर न्युज

जाजरकोट ।
जाजरकोट जिल्ला सदरमुकाम खलंगामा रहेको मालिका मन्दिरमा धर्मालम्बिहरुको घुइचो लागेको थियो । शुक्रबार नयाँ वर्षको अवसरमा पुजा गर्नका लागि धर्मालम्बिहरुको घुइचो लागेको हो ।

नयाँ वर्षको अवसरमा मालिका मन्दिर बिहान ६ बजे देखि खुल्ला राखिएको थियो । पुजापाठ गर्नका लागि बिहानै देखि मानिसहरु मदिरमा पुगेका थिए । पुजा गर्नका लागि लाइनमा बसेर पालो कुर्न परेको पुजा गर्न गएका एक बताए । आजको दिन करिब ५ सय जना मानिसले मालिका दर्सन गरेको धर्मालम्बिहरुलाई टिका लगाउन बसेका बेद प्रसाद घिमिरेले बताए । धेरै मानिसहरु जाने भएकाले यस मन्दिरको महत्व झन बढ्दै गएको छ ।

No description available.

मालिका मन्दिर जाजरकोट सदरमुकाम स्थित भेरी नगरपालिका ४ मा पर्छ । पुजा गर्नका लागि नजिकै अन्य भेरै मन्दिरहरु भए पनि त्यहा गए पछि मनले सोचेको पुग्छ भन्ने भार्मिक विश्वास रहेको छ । यसलाई मछैनामा रहेको बडि मालिकाको सानो रुप भनेर पनि चिनिन्छ । जाजरकोटको टुप्पोमा रहेको यस मन्दिरसम्म पुग्न सदरमुकामबाट करिब ३० मिनेट लाग्छ । सदरमुकामको टुप्पोमा भएको हुनाले यसठाउबाट जाजरकोट सदरमुकाम सजिलै हेर्न सकिन्छ । त्यहाबाट कलल बग्ने भेरी नदि संगै रुकुम पश्चिममा रहेको चौरजहारीको सुन्दर फाट र कुदुको फाँट पनि नियाल्न सकिन्छ । यस मन्दिरमा धर्मालम्बिहरु जुन दिन पनि जान सक्छन् ।

No description available.

  • १ बैशाख २०८०, शुक्रबार २०:४३ प्रकाशित
  • सम्बन्धित