सार्वजनिक सम्पति सुरक्षा गर्न सडक बत्ति जडान
  • भिम खड्का

जाजरकोट ।
जाजरकोट भेरि नगरपालिका ४ मा सडक बत्ति जडान गरिएको छ । बोहोरा,राणागाउँ, गैरीखाली, बाहुनबारा, काजिबारा, सुजन टोल र गोरखाल बारका सडकहरुमा यतिबेला सडक बत्तिहरु झिलिमिलि देख्न सकिन्छ । सडकसंगै जोडिएका बिजुलीका पोलहरुमा १५० वटा सडक बत्ति जडान गरिएको छ । १० वटा सडक बत्ति अभmै वडा कार्यलयमा होलड गरी राखिएको छ । स्थानको छनोट गरेर १० वटा बत्ति पनि जोडिने वडा नं ४ का वडा अध्यक्ष बसन्त प्रसाद शर्माले बताएका छन् ।
अध्यक्ष शर्माका अनुसार जडान गरिएका बत्तिहरुमा २ बर्षको रिप्लेशमेन्ट ग्यारेन्टी समेत लगिएको छ । नेपाल बिद्युत प्राधिकरणलाई डेढ बर्षको महशुल समेत चुत्ता गरिएको अध्यक्षले बताए । सडक बत्ति जडान गर्नको लागि २० लाख बजेट खर्च भएको छ । प्रदेश सरकारको शसर्त अनुदान अन्तर गर्त प्राप्त २० लाखले सडक बत्ति जडान गरिएको अध्यक्षले जानकारि दिएका छन ।
४ नं वडा सदरमुकामसंग जोडिएको वडा भएकोले र बसपार्क पनि यहि वडामा भएको कारण यहाँ आउने यात्रुहरुलाई आवजजावत गर्न सजिलो होस भनि रात्रिकालिन उज्यालो र सार्वजानिक सम्पती सुरक्षा गर्न सडक बत्ति जडान गरिएको शर्माले बताएका छन् ।
सडक बत्ति जडान भएपछि रात्रिकालिन समयमा यात्रुहरुलाई हिड्न निकै सजिलो भएको यातायात व्यवसायी संघ जाजरकोटले बताएको छ । सदरमुकाममा हुने चोरी डकैती,लुटपात र बलात्कार जस्ता जघन्य अपराधहरु न्यूनिकरण हुने यहाका जनताले बिश्वास लिएका छन् । सडक बत्ति जडान गरेसंगै जाजरकोट जिल्ला सदरमुकाम खलंगाको सुन्दरतामा पनि टेवा पुगेको छ । रात्रीकालिन समयमा बत्तिले गर्दा खलंगा झिलिकिलि देखिन्छ । बत्ति जडान पछि यसको दृश्य हेर्न मानिसहरु रातीसम्म जाग्राम रहन्छन् । अहिले सामाजिक सञ्जालमा खलंगाका रात्रीकालिन फोटाहरु भाइरल भएका छन् । सडक बत्ति जडान गरेसंगै वडा नं ४ सडक बत्ति जडान गर्ने जाजरकोटकै पहिलो वडा बन्न सफल भएको छ । आफनो वडा उज्यालोमय हुदा यहा आम जनता हरु हर्षित बनेका छन् ।

 

  • २५ चैत्र २०७९, शनिबार १९:०७ प्रकाशित
  • सम्बन्धित