सामना जनसङ्गित अभियान लिएर सामना परिवार जाजरकोटमा
  • विदुर न्युज

जाजरकोट
नेपाल कम्युनिस्ट पार्टी अन्तर्गत रहेको सामना परिवार यतिबेला देश व्यापी रुपमा वैज्ञानिक समाजबादका लागि जनसङ्गित अभियान लिएर हिडि रहेको छ। त्यसै क्रममा जाजरकोटमा पनि सामना परिवारले बेजोड प्रस्तुती दिएको छ। बुधबार जाजरकोटको नलगाड नगरपालिमा र बिहिबार सदरमुकाम खलंगा गरि दुई ठाउमा सामना परिवारले सस्कृतिक कार्यक्रम गरेको थियो।
नेपालमा संसदीय व्यवस्थाका कारण जनताले सास्ती भोगिरहेकोले जनताले अब यसको बिकल्प खोज्न पर्ने कुरामा जोड दिन नेपाल कम्युनिस्ट पार्टीले देश व्यापी रुपमा यो कार्यक्रम अगि सारेको छ। जाजरकोटमा पनि सामना जनसास्कृतिक कलाकार गित र नृत्यबाट यस्तै भाव झल्काएका थिए। अब जनताले संसदीय व्यवस्थाको बिकल्पमा वैज्ञानिक समाजवादको परिकल्पना गर्न कार्यक्रमको भाव थियो ।
अब नेपालमा फरक खालको आन्दोलनको आवश्यकता भएको कार्यक्रम संचालक सामना परिवारका नेतृत्व आरोह सि ले बताए । जनताले चाहेको जीवन बिताउन यो व्यवस्थामा सम्भव नभएकोले वैज्ञानिक समाजवाद ल्याउन अब जनताले सडकबाट संघर्ष गर्नु पर्ने आरोहले बताएका छन। कार्यक्रम करिब ३ सय जनताको सहभागिता रहेको थियो । देशव्यापी रुपमा रहेको यो अभियान लिएर सामना परिवार पश्चिम लागेको छ। पर्सि दैलेखमा कार्यक्रम गर्ने छ

  • १६ चैत्र २०७९, बिहीबार २१:०४ प्रकाशित
  • सम्बन्धित